मंसिर २९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा सिद्धार्थ इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२४ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । सिद्धार्थ इक्विटी फण्ड,लक्ष्मी इक्विटी फण्ड,एनआइबिएल प्रगति फण्ड, सानिमा इक्विटी फण्ड र नबिल ब्यालेन्स फण्ड - २ को इकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको धितोपत्रमा २ लाख २५० इकाई खरीद माग रहेको छ । त्यसैगरी लक्ष्मी इक्विटी फण्डको २ लाख इकाई,एनआइबिएल प्रगति फण्डको १ लाख ८४ हजार २०७ इकाई्, सानिमा इक्विटी फण्डको १ लाख ६१ हजार ५९० इकाई र नबिल ब्यालेन्स फण्ड -२ को इकाईमा १ लाख ३८ हजार ५४० इकाई खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५ दशमलव ०२ अंक घटेर २४१३.८२ विन्दुमा रहेको छ ।