मंसिर २२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । लक्ष्मी इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,एनआइबिएल समृद्धि फण्ड १,नबिल ब्यालेन्स फण्ड २ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाईमा उच्च खरीद माग रहेको हो ।
ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको १५ लाख ५९ हजार ५०० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको २ लाख ३ हजार ८०० इकाई,एनआइबिएल समृद्धि फण्ड - १ को १ लाख ५० हजार ८३६ इकाई,नबिल ब्यालेन्स फण्ड - २ को १ लाख २९ हजार ५७० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को १ लाख २२ हजार १७० इकाई खरीद माग रहको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३६ दशमलव शून्य २ अंकले घटेको छ । उक्त अवधिसम्ममा नेप्से परिसूचक २ हजार ४७२ दशमलव ८९ विन्दुमा झरेको हो ।