साउन ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको डेढ घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये पाँच ओटा म्युचुअल फण्डको इकाईमा सर्वाधिक खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा लक्ष्मी उन्नती कोष,ग्लोबल आइएमई समुन्नत स्किम १, लक्ष्मी इक्विटी फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम १ र सानिमा इक्विटी फण्डको इकाईमा सर्वाधिक खरीद माग रहेको छ ।
ती पाँच ओटा योजनामध्ये सबैभन्दा बढी लक्ष्मी उन्नती कोषको १७ लाख १८ हजार ४१ इकाई खरीदको लागि माग रहेको छ । उक्त योजनाले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।
त्यसैगरी ग्लोबल आइएमई समुन्नतको १४ लाख ६० हजार ७०, लक्ष्मी इक्विटी फण्डको १२ लाख ३७ हअजार ८५०,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमको ११ लाख ५० हजार र सानिमा इक्विटी फण्डको ९ लाख ४३ हजार ५०० इकाई खरीद माग रहेको छ ।