असोज ४, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टा २० मिनेटसम्मको अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये नबिल ब्यालेन्स फण्ड - २,नेपाल ल्युब आयल लिमिटेड,लक्ष्मी इक्विटी फण्ड,नेशनल हाइड्रोपावर र सानिमा इक्विटी फण्डको इकाईमा उच्च खरीद माग रहेको छ ।
ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी नबिल ब्यालेन्स फण्ड - २ को ५ लाख ९९ हजार ९५४ इकाई खरीद माग रहेको छ ।
त्यसैगरी नेपाल ल्युब आयलको २ लाख ९३ हजार ३७४ कित्ता,लक्ष्मी इक्विटी फण्डको २ लाख ४५ हजार ५०० इकाई, नेशनल हाइड्रोपावरको १ लाख ५५ हजार ३३६ कित्ता र सानिमा इक्विटी फण्डको १ लाख ४४ हजार इकाई खरीद माग रहेको छ ।