साउन ५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे एक घण्टाको अवधिमा तीन ओटा म्युचुअल फण्डको इकाई मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उक्त अवधिसम्ममा लक्ष्मी इक्विटी फण्ड,लक्ष्मी उन्नती कोष र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाई मूल्यमा सकारात्मक सर्किट लागेको हो । ती तीन ओटै फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।
लक्ष्मी उन्नती कोषको प्रतिइकाई मूल्य रू. १४ दशमलव २५,लक्ष्मी इक्विटी फण्डको रू. १६ दशमलव शून्य ५,ग्लोबल आइएमई समुन्नत स्किमको रू. २२ दशमलव ३२ पुगेको हो ।
त्यसैगरी ती तीन ओटा फण्डबाहेक एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । उक्त फण्डको इकाई मूल्य रू.१७ दशमलव ३० पुगेको हो ।
चार ओटै फण्डको इकाईमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले इकाई मूल्य बढेको हो । यो दिन उक्त अवधिसम्ममा सवै म्युचुअल फण्डहरुको इकाईमा खरीद माग उच्च रहेको छ । सोही कारण इकाई मूल्य बढेको हो ।