काठमाडौं, असार ८ । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई प्रवेश प्रतिबन्ध लगाइएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा भने भईसकेको छैन् । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हेबेई प्रान्तको […]
अघिल्लो वर्ष अगस्टमा टेस्लाका संस्थापक एलन मस्कले भारतमा आयातित आफ्नो कार सफल भएपछि मात्रै भारतमै उत्पादन कम्पनी खोल्ने बताएका थिए। यही विषयलाई लिएर शुक्रबार एलन मस्कले ट्वीट गरेका छन्। उनले उक्त ट्वीटमा टेस्लाले आफ्नो कार बेच्न र मर्मत गर्ने मौका नपाएको कुनै पनि देशमा आफ्नो उत्पादक इकाइ नखोल्ने बताएका थिए। उनलाई मधुसुदन नामका एक व्यक्तिले […]
एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डिलिट गर्न टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् । एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पन
वासिङटन । टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकृत (सीईओ), विश्वकै सबैभन्दा धनी अर्बपति एवं स्पेस एक्स कम्पनीका मालिक एलोन मस्कसँगको एक रोचक प्रसंगलाई लिएर निकै चर्चामा आएका ज्याक स्विनीले पुनः एकपटक संसारको ध्यान आफूतिर तानेका छन् ।
मस्कको निजी जेट विमान ‘ट्रयाक’ गर्ने ट्विटर एकाउन्टका कारण उनले रातारात लोकप्रियता कमाएका हुन् । उनको...
एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर, मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ ।
उनले ब्याट्री मर्मत नगर्ने निर्णय त लिए नै सँगै मुलुकका सबै चर्चित युट्युबरहरू भेला गरेर कार नै...
एजेन्सी। पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्। सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।
एजेन्सी। संसारका धनाढ्य एलन मस्कले बिटक्वाइनटबाट टेस्ला कार खरिद गर्न नसकिने बताएका छन्। केही समयअघि उनले आफ्नो कम्पनीको कार बिटक्वाइनबाटै खरिद गर्न मिल्ने घोषणा गरेका थिए। जलवायुसँग जोडिएका चिन्ताहरु अघि सार्दै हाललाई बिटक्वाइनबाट टेस्ला खरिद गर्ने कुरामा प्रतिबन्ध लगाएको बुधबार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटमार्फत् जानकारी दिएका हुन्। बिटक्वाइन अहिले संसारकै सबैभन्दा ठूलो डिजिटल करेन्सी बनेको छ।
अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आरोप प्रमाणित भए कम्पनी नै बन्द गरिदिने बताएका छन्। चीनभित्र जासुसी गर्न टेस्ला कार प्रयोग भएको आरोप लागिरहँदा मस्कले यस्तो बताएका हुन्। तर, आरोप लगाउँदै गर्दा पुष्टि गर्ने प्रमाण पनि प्रस्तुत गर्न उनले चुनौती दिएका छन्। चिनियाँ सेनाले गोपनीयतालाई कारण देखाउँदै टेस्ला कम्पनीका कार प्रयोगमा प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको थियो। बेइजिङका सुरक्षा अधिकारीहरूले टेस्ला कारमा लगाइएको क्यामेराले तथ्यांक चोरी
जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो ।
अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले …