एलन मस्कले भने : चीनमा जासुसी भएको पुष्टि गरे टेस्ला कम्पनी नै बन्द गरिदिन्छु

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आरोप प्रमाणित भए कम्पनी नै बन्द गरिदिने बताएका छन्। चीनभित्र जासुसी गर्न टेस्ला कार प्रयोग भएको आरोप लागिरहँदा मस्कले यस्तो बताएका हुन्। तर, आरोप लगाउँदै गर्दा पुष्टि गर्ने प्रमाण पनि प्रस्तुत गर्न उनले चुनौती दिएका छन्। चिनियाँ सेनाले गोपनीयतालाई कारण देखाउँदै टेस्ला कम्पनीका कार प्रयोगमा प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको थियो। बेइजिङका सुरक्षा अधिकारीहरूले टेस्ला कारमा लगाइएको क्यामेराले तथ्यांक चोरी