अकस्मात् परेको पानीले दोस्रो दिनसम्म पनि जमिन भिजेको थियो। बिस्तारै कुहिरो छिचोल्दै घाम आँगनमा ओर्लियो। म घामको स्वागत गर्न आँगनछेउमा मुढा लिएर बसेँ। मेरो छेउमै हुनुहुन्छ बयासी वर्षका मेरा हजुरबा। उहाँ घामकै पर्खाइमा हुनुहुन्थ्यो। यतिबेला मेरो ज्याकेटको बगलिभित्र घाम लुकेर बसेको छ। आहा! कति न्यानो घाम, मलाई घाम न्यानो लागिरहेछ । यति प्यारो त धेरै…