स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर