सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो।
शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म…