जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आज (आइतबार) देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ । तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाइ केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयो