काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ।यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन्। महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि केही समयका लागि ब्रेक भएको आयोगले जनाएको छ।उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आ