काठमाडौं। जसपाको आधिकारिकता विवाद सम्बन्धि निरुपण गर्न निर्वाचन आयोगको इजलास सुरु भएको छ। ११ बजेदेखि नै शुरु भएको बहसमा निवेदक तर्फका कानून व्यवसायीहरुले बहस गरिरहेका छन्। जसपाको आधिकारिकताका लागि उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए।