निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ । महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ । ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बताए । यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् । त्यस्तै, महन्थ ठाकुरको पक्षमा जसप