आयोगमा जसपाको आधिकारिकतासम्बन्धी विवादमा बहस जारी

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस चलिरहेको छ । आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ । दुवैतर्फका अधिवक्ताले आ–आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदन दिएपछि आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षले पार्टी अलग गर्ने भ

सम्बन्धित सामग्री

जसपा विवादमा यस्तो छ निर्वाचन आयोगको निर्णय [निर्णयसहित]

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले आगामी साउन ११ गते कार्यकारिणी समितिका सदस्यलाई बोलाएको छ । दल एकीकरण हुँदाका बखत सनाखत गरेका कार्यकारिणी समितिका सदस्यलाई आफ्नो परिचय खुल्ने कागजातसहित स्वयम् उपस्थित हुन दुबै पक्षलाई आयोगले आदेश दिएको हो । यसअघि आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले बहस गरेका थिए । अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आयोगमा आधिकारिकताका लागि निवेदन दिएका थिए । यसमा अर्का अध्यक्ष ठाकुरले पनि आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आय...

जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादबारे टुङ्गो लगाउन निर्वाचन आयोगको इजलासले आज अन्तिम बहस गर्दै छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी पेस गरेका थिए । आयोगले दुवै अध्यक्षको विवाद मिलाउन इजलास गठन गरी साउन ३ गतेदेखि बहस गरिरहेको छ । […]

जसपा विवादमा आज अन्तिम बहस : निर्वाचन आयोगले कसलाई देला आधिकारिकता ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारितासम्बन्धी विवादको अन्तिम बहस बिहीबार हुने भएको छ । पार्टीको आधिकारिकता दावी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दावी गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाइरहेको छ । पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।दुवै पक्षले आआफ्नो प्रमाण पेस गरेपछि आज त्यसमा बहस हुने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षक

जसपा विवादबारे आज आयोगमा बहस

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत/अल्पमत हेरेर निर्णय दिने तयारी गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको विवाद टुंगो लगाउन आयोगको इजलास आज पनि बस्दै

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।गत आइतबार आधिकारिकता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो। दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएर मात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो। आयोगको इजलासले भनेअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन्। सक्कली

निर्वाचन आयोगमा प्रचण्ड निकट 'आउट' ओली निकट 'इन'

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको विवादमा आधिकारिकता कुन पक्षले पाउछ भन्ने बहस र छलफल भइरहेको बेला सरकारले निर्वाचन आयोगमा कार्यरत राजनीतिक दल तथा कानुन महाशाखा प्रमुखलाई नै सरुवा गरेको छ । आयोगका राजनीतिक दल तथा कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमलाई सरकारले नयाँ बानेश्वरमा रहेको कानुन आयोगमा पुर्‍याएको छ ।