जसपा नेपालको आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस सकिएको छ ।आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै महन्थ ठाकुर पक्षबाट ८ जना र उपेन्द्र यादव पक्षबाट ६ जनाले बहस गरे ।पार्टीको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी प्रस्तुत गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाएको हो ।पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण प