बैंकिङ कसूरमा दोषी ठहर भई फरार रहेका काठमाडौंको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौंको नयाँ बस्तीबाट पक्राउ गरेको छ ।
बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी ७ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो ।
त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बिहीवार पक्राउ गरेको हो । उनलाई बिहीवारै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको ब्यूरोले जनाएको छ ।