हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङक