काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।