श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई अदालतले दोषी ठहर गरेको छ । धनुषा जिल्ला अदालतले आरती साहमाथि एसिड खन्याउने उनकै २६ वर्षीय पति संजीव साहलाई दोषी ठहर गरेको हो ।सोमबार धनुषा जिल्ला अदालतको फाँट नम्बर ३ मा कृष्णमुरारी शिवाकोटीको एकल इजलासले संजीवलाई दोषी ठहर गरेको छ भने एसिड व्यवसायी नागेन्द्र साहलाई सफाई दिएको छ । संजीवले नागेन्द्रकै पसलबाट एसिड खरिद गरी आरतीमाथि उक्त एसिड खन्याएका थिए ।धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा कुमार मिश्रका अनुसार न्यायाधीश शिवाकोटीले संजीवको कसुर ठहर गर्द