पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकको परिपत्रको प्रभाव : बैंकहरूको नाफा साढे २ अर्ब बढ्ने

काठमाडौं ।असोजमा बैंक, वित्तीय संस्थाहरूको खुद नाफा साढे २ अर्ब रुपैयाँ हाराहारीमा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी जोखिम अनुपातमा सहुलियत दिएसँगै बैंकहरूले नाफाबाट कर्जा जोखिमका लागि छुट्ट्याउनुपर्ने रकम घटेर नाफा वृद्धि हुने भएको हो ।  राष्ट्र बैंकले गत बिहीवार जारी गरेको निर्देशनअनुसार बैंकहरूले असल कर्जामा १ दशमलव २५ प्रतिशत मात्र कर्जा जोखिम व्यवस्था गरे पुग्छ । कोभिड–१९ महामारीपछि राष्ट्र बैंकले असल कर्जामा पनि १ दशमलव ३० प्रतिशत रकम जोखिम बापत छुट्ट्याउन निर्देशन दिएको हो । त्यसअघि असल कर्जामा १ प्रतिशत मात्र जोखिमबापत छुट्ट्याउनुपर्ने प्रावधान थियो ।  राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले २०८० साउनसम्म कुल ४८ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जाको सबै प्रकारको जोखिमबापत बैंकहरूले कुल १ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ छुट्ट्याएका छन् ।  अब असल कर्जामा जोखिमबापत छुट्ट्याउनुपर्ने रकम शून्य दशमलव ५ प्रतिशत बिन्दुले घट्दा २ अर्ब ४३ करोड रुपैयाँ हाराहारी जोखिम कोषबाट नाफामा थपिने भएको हो । तर, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब वर्गमा परेका कर्जाको जोखिम व्यवस्था यथावत् रहेकाले उक्त रकममा केही कमी हुनेछ । बैंकहरूले सूक्ष्म निगरानी कर्जामा ५, कमसलमा २५, शंकास्पदमा ५० र खराबमा शतप्रतिशत रकम जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने प्रावधान छ । एकीकृत निर्देशनको प्रावधानअनुसार ३ महीनादेखि ६ महीनासम्म भाखा नाघेका कर्जालाई कमसल, ६ महीनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराबको रुपमा वर्गीकरण गरी जोखिम व्यवस्था गर्नुपर्छ ।  आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । यो अवस्थामा कर्जा नोक्सानी जोखिम व्यवस्थामा सहुलियत दिँदा बैंकहरूलाई राहत भएको छ । नेपाल बैंकर्स संघले मौद्रिक नीतिमार्फत असल कर्जामा बढाइएको जोखिम व्यवस्था हटाउन सुझाव दिएको थियो ।  पूँजीमा दबाब  यसैबीच राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चालू आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा शून्य दशमलव ५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्न निर्देशन दिएपछि बैंकहरूलाई पूँजीमा भने दबाब हुने देखिएको छ । अहिले नै तोकिएको प्राथमिक पूँजी अनुपात कायम गर्न दबाबमा रहेका बैंकहरूलाई चालू आवभित्रमा थप पूँजी व्यवस्था गर्नुपर्ने प्रावधानले कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुर्‍याउने देखिएको छ ।  हाल वाणिज्य बैंकहरूले ८ दशमलव ५ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्दै आएका छन् । निर्देशनअनुसार बैंकहरूले चालू आवभित्र प्राथमिक पूँजीकोष ९ प्रतिशत पुर्‍याउनुपर्नेछ । तर, २०७९ चैतमा नै ४ ओटा वाणिज्य बैंकको प्राथमिक पूँजीकोष ९ प्रतिशतभन्दा कम छ । यसबाहेक ६ ओटा बैंकहरूको १० प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भएमा त्यस्ता बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाउन सक्ने व्यवस्था छ ।

तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

'क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो ।गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब २१ करोड

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित गरेको छ । बैंकले यस अवधिमा रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आ.व. २०७८÷७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड (गत वर्ष रु. ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु. ११ अर्ब २७ करोड (गत वर्ष रु. ९ अर्ब ७६ करोड), संचालन नाफा रु. ७ अर्ब १ करोड (गत वर्ष रु. ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड (गत वर्ष रु. ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड  रहेको छ । २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७८÷७९ मा बैैंंकको शेयरधनी कोष रु. ४ अर्ब ८१ करोडले वृद्धि भई रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु.१९ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब २९ अर्ब पुगेको छ ।२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर  ४.२९ प्रतिशत, कोषको लागत दर६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।आ.व.२०७८÷७९ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकले जनाएको छ ।

नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन

आज पुस ४ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। साधारणसभा प्रयोजनको लागि आज पुस ४ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेका प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्तको मूल्य समायोजन भएको हो । पुस १ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा  भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३३.३३ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५६० रूपैयाँ रहेको थियो । प्रभु बैंकको १२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २९४.७३ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३३०.१० रूपैयाँ रहेको थियो । सनराइज बैंकको ६.६५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २५४.१० कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २७१ रूपैयाँ रहेको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय सँस्थाले  पुस १९ गते रुपन्देहीको सिद्धार्थनगर स्थित होटेल पौवामा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को नाफाबाट १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ।  हाल लघुवित्तको चुक्तापुंजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ।  स्मार्ट लघुवित्तसँग साउनमा एकीकृत कारोबार गरेकाले सेयरधनिहरुलाई लाभांशमा कर छुट हुनेछ। लघुवित्तको साधारणसभाले पारित गरे पश्चात उक्त लाभांश सेयरधनिहरुमा वितरण हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव हरु : सामान्य प्रस्तावहरुः१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने । साथै, साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७ /०४/१० गते सम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।३. साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/०७८ को मिति २०७७/०४/०१ देखि २०७७/०४/१० गतेसम्मको कारोवारको लेखापरीक्षण गर्नकालागि नियक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनमोदन गर्ने ।४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नकालागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिकालागि योग्य हुनुहुन्छ।)५. वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुइ) जना संचालकको निर्वाचन गर्ने । विशेष प्रस्तावहरुः१. सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ को खुद मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु.१२,११,५०,०००/- को १७ प्रतिशतले हुन आउने रकम रु.२,०५,९५,५००/(अक्षरेपी दुई करोड पाँच लाख पन्चानब्बे हजार पाँच सय मात्र) बराबरको बोनश शेयर जारी गर्ने ।२. बोनश शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही हदसम्म जारी तथा चुक्ता पूँजी कायम गर्न वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने ।३. वित्तीय संस्थाको नियमावलीको नियम ३२ को १ (ख) र १ (ग) संसोधन गर्ने।४. यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धीआवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । प्रभु बैंक Prabhu Bank Limited ले पुस १८ गते आइतबार बबरमहल स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव१. आ.व.२०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।३. बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व.२०७७/०७८ को वित्तीय विवरण सहितको एकिकृत (Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।४.बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ का लागि लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को ०.६३ प्रतिशतले हुने रु.७१६,६५,६२५/- (रु.सात करोड सोह लाख पैसट्ठी हजार छ सय पच्चीस मात्र) कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने । विशेष प्रस्ताव १. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ मा कायम चुक्ता पूँजी रु.११,३४,७०,५७,२९९/ को १२ प्रतिशतले हुने रु.१,३६,१६,४६,८७६/- (रु.एक अर्व छत्तीस करोड सोह लाख छयालीस हजार आठ सय छयहत्तर मात्र) बराबरको बोनस शेयर वितरण गर्ने तथा बोनस शेयर वितरणका कारणले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।२. वैकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।३, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने /गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।४. प्रबन्धपत्र, नियमावलीका विभिन्न दफा/नियम संसोधन गर्ने ।५. प्रबन्धपत्र, नियमावलीमा गरिने संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र, नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।सनराइज बैंक Sunrise Bank Limited  ले पुस १५ गते बिहिबार बालुवाटार स्थित आम्रपालि ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव :१. अध्यक्षज्यको मन्तव्य सहतिको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३. यस बैंक तथा बैंकको सहायक कम्पनी साइज क्यापिटल लिमिटेडको आ व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।४, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने । (वर्तमान लेखापरीक्षक चार्टर्ड एकाउण्टेण्ट श्री गोपाल प्रसाद राजबाहक (जी.पी, राजबाहक एण्ड कम्पनी) पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ)।५. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम रु. ३,३२,०७८०५/७५ (अक्षरेपी तीन करोड बत्तीस लाख सात हजार आठ सय पाँच रुपैयाँ र पैसा पचहत्तर मात्र। (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि वितरण गर्न स्वीकृत गर्ने । विशेष प्रस्ताव१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम रु. ६३,०९,४८,३०९/२१ (अक्षरेपी त्रिसट्टी करोड नौ लाख अड्चालीस हजार तीन सय नौ रुपैयाँ र पैसा एक्काईस मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।२. बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई निम्नानुसार बृद्धि गरी प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।क) हालको अधिकृत पूँजी रु १०००,००,००,०००/- (अक्षरेपी दश अर्ब रुपैयाँ मात्र लाई बृद्धि गरी रु. १५,००,००,००,०००/- (अक्षरेपी पन्ध अर्ब रुपैयाँ मात्रः पुर्याउने।ख) बोनस शेयर वितरणबाट बैंकको हालको जारी तथा चुक्ता पुँजी रु. ९,४८,७९,४४,४९९/३९ (अक्षरेपी नौ अर्ब अड्चालीस करोड उनानअस्सी लाख चौवालीस हजार चार सय उनान्सय रुपैयाँ र पैसा उनान्चालीस मात्र लाई बृद्धि गरी रु. १०,११,८८,९२,८०८.६० (अक्षरेपी दश अर्ब एघार करोड अठासी लाख बयानब्बे हजार आठ सय आठ रुपैयाँ र पैसा साट्टी मात्र) पुर्याउने ।३. नेपाल राष्ट्र बैंकको स्वीकृति लिई अध्यक्ष तथा संचालकले संचालक समितिको वैठकमा उपस्थित भए बापतको भत्ता तथा संचालक समितिका सदस्यहरुका लागि भारत बाहेकका मुलुकमा भ्रमण गर्दा प्रदान गरिने दैनिक भ्रमण भत्ता तथा मोबाईल टेलिफोन पत्रपत्रिका खर्च वापत मासिक रकम बृद्धि गर्न नियमावलीको सम्बन्धित नियममा संशोधन गर्न स्वीकृत गर्ने ।४. सन्राइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।५. बैंकको प्रबन्धपत्र नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि। कनै फेरबदल, थपघट गर्न निर्देशन वा सझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

२ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज कार्तिक ४ गते बिहिबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ५ गते शुक्रबार र कार्तिक ७ गते आइतबार बुक क्लोज गरेका १ विकास बैंक र  २ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज शांग्रिला डेभलपमेन्ट बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ बैंकले यहि कात्तिक ५ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ४ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत पुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। बैंकले हाल कायम अधिकृत पुंजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।  बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३  प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन। हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १ करोड पुग्नेछ। सानिमा बैंक Sanima Bank Limited ले  कार्तिक १४ गते आइतबार आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब  विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने , सहायक कम्पनी सानिमा क्यापिटलको वित्तीय विवरण सहित एकिकृत वित्तीय विवरण पारित गर्ने ,  आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै कुनै बैंक वा वित्तीय वनस्थलाई सानिमा बैंकमा प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन्  ।कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले  कार्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने भएको हो । बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  त्यस्तै बैंकले सभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा  प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । यस्ता छन् बैंकले साधारणसभाको लागि तय गरेको प्रस्ताव : क. सामान्य प्रस्ताव:१. आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ।३. आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरिक्षक एस.ए.मार, एसोसिएट्स कम्पनी ऐन, २०६३ को दफा १११ (३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६४३) बमोजिम पुनः नियुक्ती हुन योग्य हुनुहुन्छ)४. संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.६,३३.७१.१३२.०० (अर्थात चुक्ता पुँजीको ०.७० प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगब लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।५. संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गर्ने ।ख. विशेष प्रस्ताब:१. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सैयरधनीहरुलाई रु. १,२०,४०,६१,०००.00 (अर्थात चुक्ता पूँजीको १३.३० प्रतिशत) बराबरको बोनस शेयर बितरण गर्न स्वीकृत गर्ने।२. माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।३. निम्न विषयहरुका सम्बन्धमा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकाय (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आवि) ले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाब वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा यप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,क) बैंकको अधिकृत पूँजी बृद्धि गरी रु. १५,00,00,00,000/- (रु. पन्ध्र अरब) पुयाउने र विशेष प्रस्ताव नं.बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पुंजी तथा चुक्ता पूँजी बृद्धि गर्ने,ख) संचालक समितिका अध्यक्ष र सदस्यको बैठक भत्ता बृद्धि गरी प्रति बैठक क्रमसः रु. २०,000/- र १७,000/-कायम गर्ने र मोबाईल, पत्र पत्रिका र इन्टरनेट खर्च बद्धि गरी प्रति सदस्य मासिक रु.१५,000/- कायम गर्ने, ग) संचालकहरुको लागि रु. १,२५,०००/- सम्मको औषधी उपचार बीमा गराईने,।

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो । तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ । बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ । गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’ गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ । सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो । नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड

सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।  यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।  आ.व. २०७७/७८ को बैंकको ...

सानिमा बैंकले ६ महिनामा कमायो १ अर्ब ६ करोड

१४ माघ, काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ …