आज कार्तिक ४ गते बिहिबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि कार्तिक ५ गते शुक्रबार र कार्तिक ७ गते आइतबार बुक क्लोज गरेका १ विकास बैंक र २ वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । आज शांग्रिला डेभलपमेन्ट बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले कात्तिक १६ गतेका लागि साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनार्थ बैंकले यहि कात्तिक ५ गतेदेखि १६ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। यसअनुसार कात्तिक ४ गतेसम्म कायम सेयरधनीधरुले मात्रै बैंकको साधारणसभामा भाग लिन तथा बैंकले दिने लाभांश प्राप्त गर्न सक्नेछन।गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य बैंक वित्तीय सँस्थालाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, बैंकको अधिकृत पुंजी वृद्धि गर्ने लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत हुनेछन। बैंकले हाल कायम अधिकृत पुंजी ३ अर्बलाई बढाएर ५ अर्ब पुर्याउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बैंकको साधारणसभाबाट पारित भएपश्चात सेयरधनिहरुले प्राप्त गर्नेछन। हाल कायम चुक्तापूँजीमा १० प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी बढेर ३ अर्ब १ करोड पुग्नेछ। सानिमा बैंक Sanima Bank Limited ले कार्तिक १४ गते आइतबार आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने , सहायक कम्पनी सानिमा क्यापिटलको वित्तीय विवरण सहित एकिकृत वित्तीय विवरण पारित गर्ने , आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै कुनै बैंक वा वित्तीय वनस्थलाई सानिमा बैंकमा प्राप्ति वा मर्जर गर्ने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भई आएमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभामा पेश हुने छन् ।कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले कार्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने भएको हो । बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३.३० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै बैंकले सभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । यस्ता छन् बैंकले साधारणसभाको लागि तय गरेको प्रस्ताव : क. सामान्य प्रस्ताव:१. आर्थिक वर्ष २०७४/७५ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ।३. आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरिक्षक एस.ए.मार, एसोसिएट्स कम्पनी ऐन, २०६३ को दफा १११ (३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६४३) बमोजिम पुनः नियुक्ती हुन योग्य हुनुहुन्छ)४. संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.६,३३.७१.१३२.०० (अर्थात चुक्ता पुँजीको ०.७० प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगब लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।५. संचालक समितिमा रिक्त रहेको संचालक पवमा संचालक समितिले साविक संचालकको बाँकी कार्यकालसम्मको लागि गरेको संचालकहरुको नियुक्ती अनुमोदन गर्ने ।ख. विशेष प्रस्ताब:१. बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सैयरधनीहरुलाई रु. १,२०,४०,६१,०००.00 (अर्थात चुक्ता पूँजीको १३.३० प्रतिशत) बराबरको बोनस शेयर बितरण गर्न स्वीकृत गर्ने।२. माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभ्न/गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र बायित्व तथा कारोबारको मूल्याङ्कनका लाग मूल्याङ्कनकर्ता नियुक्ती गर्न, याम्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, बैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी मावश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।३. निम्न विषयहरुका सम्बन्धमा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकाय (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आवि) ले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाब वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा यप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने,क) बैंकको अधिकृत पूँजी बृद्धि गरी रु. १५,00,00,00,000/- (रु. पन्ध्र अरब) पुयाउने र विशेष प्रस्ताव नं.बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पुंजी तथा चुक्ता पूँजी बृद्धि गर्ने,ख) संचालक समितिका अध्यक्ष र सदस्यको बैठक भत्ता बृद्धि गरी प्रति बैठक क्रमसः रु. २०,000/- र १७,000/-कायम गर्ने र मोबाईल, पत्र पत्रिका र इन्टरनेट खर्च बद्धि गरी प्रति सदस्य मासिक रु.१५,000/- कायम गर्ने, ग) संचालकहरुको लागि रु. १,२५,०००/- सम्मको औषधी उपचार बीमा गराईने,।