राष्ट्र बैंकको परिपत्रको प्रभाव : बैंकहरूको नाफा साढे २ अर्ब बढ्ने

काठमाडौं ।असोजमा बैंक, वित्तीय संस्थाहरूको खुद नाफा साढे २ अर्ब रुपैयाँ हाराहारीमा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी जोखिम अनुपातमा सहुलियत दिएसँगै बैंकहरूले नाफाबाट कर्जा जोखिमका लागि छुट्ट्याउनुपर्ने रकम घटेर नाफा वृद्धि हुने भएको हो ।  राष्ट्र बैंकले गत बिहीवार जारी गरेको निर्देशनअनुसार बैंकहरूले असल कर्जामा १ दशमलव २५ प्रतिशत मात्र कर्जा जोखिम व्यवस्था गरे पुग्छ । कोभिड–१९ महामारीपछि राष्ट्र बैंकले असल कर्जामा पनि १ दशमलव ३० प्रतिशत रकम जोखिम बापत छुट्ट्याउन निर्देशन दिएको हो । त्यसअघि असल कर्जामा १ प्रतिशत मात्र जोखिमबापत छुट्ट्याउनुपर्ने प्रावधान थियो ।  राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले २०८० साउनसम्म कुल ४८ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जाको सबै प्रकारको जोखिमबापत बैंकहरूले कुल १ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ छुट्ट्याएका छन् ।  अब असल कर्जामा जोखिमबापत छुट्ट्याउनुपर्ने रकम शून्य दशमलव ५ प्रतिशत बिन्दुले घट्दा २ अर्ब ४३ करोड रुपैयाँ हाराहारी जोखिम कोषबाट नाफामा थपिने भएको हो । तर, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब वर्गमा परेका कर्जाको जोखिम व्यवस्था यथावत् रहेकाले उक्त रकममा केही कमी हुनेछ । बैंकहरूले सूक्ष्म निगरानी कर्जामा ५, कमसलमा २५, शंकास्पदमा ५० र खराबमा शतप्रतिशत रकम जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने प्रावधान छ । एकीकृत निर्देशनको प्रावधानअनुसार ३ महीनादेखि ६ महीनासम्म भाखा नाघेका कर्जालाई कमसल, ६ महीनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराबको रुपमा वर्गीकरण गरी जोखिम व्यवस्था गर्नुपर्छ ।  आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । यो अवस्थामा कर्जा नोक्सानी जोखिम व्यवस्थामा सहुलियत दिँदा बैंकहरूलाई राहत भएको छ । नेपाल बैंकर्स संघले मौद्रिक नीतिमार्फत असल कर्जामा बढाइएको जोखिम व्यवस्था हटाउन सुझाव दिएको थियो ।  पूँजीमा दबाब  यसैबीच राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चालू आर्थिक वर्ष (आव) को अन्त्यसम्ममा शून्य दशमलव ५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्न निर्देशन दिएपछि बैंकहरूलाई पूँजीमा भने दबाब हुने देखिएको छ । अहिले नै तोकिएको प्राथमिक पूँजी अनुपात कायम गर्न दबाबमा रहेका बैंकहरूलाई चालू आवभित्रमा थप पूँजी व्यवस्था गर्नुपर्ने प्रावधानले कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुर्‍याउने देखिएको छ ।  हाल वाणिज्य बैंकहरूले ८ दशमलव ५ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्दै आएका छन् । निर्देशनअनुसार बैंकहरूले चालू आवभित्र प्राथमिक पूँजीकोष ९ प्रतिशत पुर्‍याउनुपर्नेछ । तर, २०७९ चैतमा नै ४ ओटा वाणिज्य बैंकको प्राथमिक पूँजीकोष ९ प्रतिशतभन्दा कम छ । यसबाहेक ६ ओटा बैंकहरूको १० प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भएमा त्यस्ता बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाउन सक्ने व्यवस्था छ । 

सम्बन्धित सामग्री

काठमाडौंमा छैन बन्दको प्रभाव

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । […]

मनसुनी वायुको प्रभाव चार प्रदेशमा

काठमाडौँ – नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । बिहान प्रदेश १ का […]

देशका केही ठाउँमा मनसुनी वायुको प्रभाव

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।...

रुसको प्रभाव कुन कुन देशमा ?

एजेन्सी, २२ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि उसको विश्वका कतिपय देशमा बढेको प्रभाव उजागर भएको छ । दुई दशकसम्म अमेरिकासहित पश्चिमा देशहरुको खुलेआम सक्रियता र प्रभाव विश्वभर देखिइरहँदा रुस भने भित्र भित्र आफ्नो उद्देश्यमा लागिरह्यो । शितयुद्धबाट कमजोर बनेको र विभाजनपछि बनेको रुसले शक्ति सञ्चय गरिरह्यो । आफ्नो प्रभाव क्षेत्रको बचाऊ गर्यो । २०२२ […]

बागमतीमा बन्दको प्रभाव सामान्य

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी_को विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले आह्वान गरेको बन्दको बागमती प्रदेशमा सामान्य प्रभाव देखिएको छ । बन्दको प्रभाव मकवानपुरसहित प्रदेशका १३ जिल्लामा सामन्य रुपमा देखिएको हो । प्रदेशका मकवानपुर, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बन्दको प्रभाव सामान्य रुपमा परेको छ ।बन्दका कारण प्रदेशभर लामो तथा छोटो दुरीका सवारीका साधन अत्यन्त कम मात

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु…

नेपालमा यास आँधीको प्रभाव शनिबारसम्म

बंगालको खाडीमा विकसित भएको यास आँधीकोे प्रभाव नेपालमा शनिबारसम्म रहने पूर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलबारदेखि नै सुरु भएको र यसको प्रभाव अझै शनिबारसम्म रहने छ ।मुलुकका अधिकांश स्थानमा मंगलबारदेखि नै हल्कादेखि मध्यम वर्षा हुँदै आइरहेको थियो । बिहीबारदेखि भने हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका […]

टाउटे आँधीको प्रभाव बिहीबारसम्म

अरब सागरमा विकसित भएको सामुद्रिक टाउटे आँधीको प्रभाव नेपालमा पनि पर्न थालेको छ । सामुद्रिक आँधीका कारण मंगलबार देशभरको मौसम बदली हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको र यसको प्रभाव बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान माहाशाखाले बताएको छ ।सामुन्द्रिक आँधीको प्रभाव बुधबारदेखि अझै बढी पर्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । […]

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म

काठमाडौं / अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको... The post नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म appeared first on Purbeli News.