तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलाे बैंक बन्यो नबिल, नाफामा ब्रेक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक, नबिल बनेको छ । बैंकले मंगलबार साउनदेखि चैतसम्मको ९ महिना वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो । तर, बैंकको वित्तीय रिपोर्ट भने सकारात्मक आउन सकेन ।वित्तीय रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफामा ८.९१ प्रतिशतको ब्रेक लागेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमास अर्थात् साउनदेखि चैतमसान्तसम्म ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ३

सम्बन्धित सामग्री

सबै बैंक तथा वित्तीय संस्थाको मुख्य वित्तीय परिसूचक सबल : सिबिफिन

बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने क्रियाकलाप भएको भन्दै बैंक...

बैंक तथा वित्तीय संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ । केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट […]

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

२८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ । राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० […]

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

आजदेखि बैंक तथा वित्तीय संस्थाहरु खुले

३१ असोज, काठमाडौं । दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । काठमाडौं उपत्यकासहित देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।

घट्यो बैंक तथा वित्तीय संस्थाको संख्या

काठमाडौं। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या क्रमशः घट्दै गएको छ। विसं. २०७६ असार मसान्तमा १७१ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ सालको असार मसान्तसम्म घटेर १५५ रहेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा संस्थाहरूको संख्या १३८ वटा मात्रै रहेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति अनुसार नै संख्या घटेको हो।

बैंक तथा वित्तीय संस्था बन्द

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि […]

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।