महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले १४ वटा अस्पताललाई रकम उपलब्ध गराउने

जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न पाँच/पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा बिहीबार सम्पन्न उच्चस्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएको हुँदा प्रदेशको १४ वटा सरकारी अस्पतालल

सम्बन्धित सामग्री

बारामा स्वास्थ्य पूर्वाधारका महत्वपूर्ण आयोजना चर्चामै सीमित

२२ साउन, वीरगञ्ज । ‘प्रदेशमा सरुवा रोग र महामारी नियन्त्रणका लागि एउटा सुविधा सम्पन्न अस्पताल बन्न जरुरी छ’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७७ साल मंसिर १५ गते एउटा सार्वजनिक कार्यक्रममा बताएका थिए । त्यस दिन उनले बाराको कलैया उपमहानगरपालिका–१६ मा ‘सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल’को शिलान्यास समेत गरे । आर्थिक वर्ष २०७७÷७८ […]

प्रदेश २ सरकारको कोरोना केन्द्रित नीति तथा कार्यक्रम, कतिपय कार्यक्रम पुरानै

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र त्यसले पारेको प्रभाव न्यूनीकरणलाई जोड दिइएको छ । नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता स्वास्थ्य, कृषि, पर्यटन,...

कोरोना संक्रमितमा ब्ल्याक फङ्गस देखियो :  चिकित्सक

जेठ १४, वीरगञ्ज । कोरोना संक्रमणसँग सामाना गरिरहेका केही बिरामीमा पछिल्लो समय ब्ल्याक फङ्गस (कालोढुसी) को देखिएको चिकित्सकहरूले बताएका छन् ।  कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भइसकेकाहरू ब्ल्याक फङ्गसको समस्या लिएर आउने गरेको नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा निरज सिंहले जानकारी दिए ।  नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शुक्रवार ब्ल्याक फङ्गस संक्रमणबारे चिकित्सकहरूसित गरेको भर्चुअल अन्तरक्रियामा डा सिंहले ब्ल्याक फङ्गसको उपचार अत्यन्तै जटिल रहेको बताए । औषधी सहजै उपलब्ध नहुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यो चुनौतिपूर्ण रहेको उनले बताए ।  औषधी अभावमा वीरगञ्जमा भेटिएका संक्रमितलाई उपचारका लागि भारतका विभिन्न शहरका अस्पतालमा पठाउनु परेको डा सिंहको भनाइ छ । वीरगञ्जमा उपचारका लागि आएकामध्ये आठ जनामा यस्तो संक्रमणको लक्षण देखिएकोमा अहिलेसम्म २ जनाको ज्यान गइसकेको रचिकित्सकहरूले बताएका छन् ।  संक्रमण शरीरको कुन अंगमा छ त्यसका आधारमा लक्षण फरक फरक देखिने चिकित्सकहरूको भनाइ छ । सामान्यत : नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखा र टाउको दुख्ने, आँखा धमिलो देखिने र दृष्टि गुमाउनेजस्ता लक्षण देखिने डा नितीन तुल्स्यानले बताए । केही संक्रमितमा नाकबाट रगत बग्ने, मुख बांगो हुने, आँखाको वरपर कालो दाग देखिने, आँखाबाट रगतजस्तो पदार्थ बग्नेजस्ता लक्षण पनि देखिने पनि चिकित्सहरू बताउँछन् ।  संक्रमण मस्तिस्कसम्म फैलिएको छ भने उच्च ज्वरो आउने, अनुहार सुन्निने, नाक जाम हुने, फोक्सोमा संक्रमण भएमा खोकी लाग्ने, सास फेर्न कठिन हुने छाती दुख्नेजस्ता जटिल लक्षण देखिने डा. सिंहले जानकारी दिए । पेट दुख्ने, बान्ता, पनि यो संक्रमणको लक्षण भएको उनले बताए ।  फङ्गसको संक्रमणमा मुत्यु दर ५० देखि ६० प्रतिशतसम्म रहने डा. चन्दन बरनवालले जानकारी दिए । विगतमा अनियन्त्रित मधुमेह र एचआईभी संक्रमितमा विरलै देखिने यो संक्रमण अहिले वीरगञ्ज र काठमाडौंमा कोरोना संक्रमितमा भेटिएको उनले बताए ।  ब्ल्याक फङ्गस हाम्रै वातावरणमा रहेको माटो, बोटविरुवा, कुहिएका फलफूल र तरकारीमा पाइने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूको छ । यो संक्रमण मानिसबाट मानिसमा नसर्ने डा बरनवालले बताए ।  अन्तरक्रियामा युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले कोरोना महामारी र यसै बेला थपिएको फङ्गसको संक्रमणबाट जोगिन सबै पक्षको सतर्कता र सहकार्य आवश्यक भएको औंल्याए । उक्त अवसरमा नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले महामारी नियन्त्रण र सचेतना अभिवृद्धिमा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंशा गरेका थिए ।

कोरोना नियन्त्रणमा प्रदेशले दिएको रकम खर्च भएन : मुख्यमन्त्री राउत

११ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि दिएको बजेट जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसकेको बताएका छन् । कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग …

कोरोनाको साङ्लोले जोड्दैछ वीरगञ्ज र राजविराज

९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’ प्रदेश २ मा …

प्रदेश २ कोरोना कोषमा सूर्य नेपालले दियो एक करोड रुपैयाँ

जनकपुरधाम : कोरोना महामारी नियन्त्रण, रोकथामका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ।  सूर्य नेपालका प्रतिनिधिले शुक्रबार मुख्यमन्त्री लालबाबु राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। विभिन्न संघसंस्थाले हालसम्म राहत कोषमा जम्मा गरेको र...

प्रदेश सरकारले तिरिदियो साँढे चार हजार किसानको व्याज

सप्तरी, राजविराज । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनले प्रभाबित बनेका साना किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरी दिने क्रमलाई निरन्तरता दिईएको छ । राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लाका किसानहरूको ऋणको ब्याज तिर्ने कार्य एक साता यता सुरू गरेको भुमी ब्यबस्था, कृषि तथा सहकारी मंन्त्रालयले …

एभरेष्ट बैंकद्वारा विपदसँग जुध्न प्रदेश २ लाई ६ लाख आर्थिक सहयोग

जनकपुर - एभरेष्ट बैंक लिमिटेडले कोरोना भाइरससँग जुध्न प्रदेश २ लाई ६ लाख सहयोग गरेको छ । बैंकले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना ...

https://www.onlinekhabar.com/2020/04/851902

२४ चैत, जनकपुरधाम । प्रदेश २ को सरकारले स्थापना गरेको कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषलाई नेपाली कांग्रेसले रु ४० लाख ७५ हजार प्रदान गरेको छ । कांग्रेस प्रदेश २ समितिले …

प्रदेश २ नेपाली कांग्रेसद्वारा ४० लाख प्रदान

जनकपुर । प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली