कोरोना संक्रमितमा ब्ल्याक फङ्गस देखियो :  चिकित्सक

जेठ १४, वीरगञ्ज । कोरोना संक्रमणसँग सामाना गरिरहेका केही बिरामीमा पछिल्लो समय ब्ल्याक फङ्गस (कालोढुसी) को देखिएको चिकित्सकहरूले बताएका छन् ।  कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज भइसकेकाहरू ब्ल्याक फङ्गसको समस्या लिएर आउने गरेको नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा निरज सिंहले जानकारी दिए ।  नेपाली युवा उद्यमी फोरम वीरगञ्जले शुक्रवार ब्ल्याक फङ्गस संक्रमणबारे चिकित्सकहरूसित गरेको भर्चुअल अन्तरक्रियामा डा सिंहले ब्ल्याक फङ्गसको उपचार अत्यन्तै जटिल रहेको बताए । औषधी सहजै उपलब्ध नहुने र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले यो चुनौतिपूर्ण रहेको उनले बताए ।  औषधी अभावमा वीरगञ्जमा भेटिएका संक्रमितलाई उपचारका लागि भारतका विभिन्न शहरका अस्पतालमा पठाउनु परेको डा सिंहको भनाइ छ । वीरगञ्जमा उपचारका लागि आएकामध्ये आठ जनामा यस्तो संक्रमणको लक्षण देखिएकोमा अहिलेसम्म २ जनाको ज्यान गइसकेको रचिकित्सकहरूले बताएका छन् ।  संक्रमण शरीरको कुन अंगमा छ त्यसका आधारमा लक्षण फरक फरक देखिने चिकित्सकहरूको भनाइ छ । सामान्यत : नाकबाट पानी बग्ने, आँखा सुन्निने, आँखा र टाउको दुख्ने, आँखा धमिलो देखिने र दृष्टि गुमाउनेजस्ता लक्षण देखिने डा नितीन तुल्स्यानले बताए । केही संक्रमितमा नाकबाट रगत बग्ने, मुख बांगो हुने, आँखाको वरपर कालो दाग देखिने, आँखाबाट रगतजस्तो पदार्थ बग्नेजस्ता लक्षण पनि देखिने पनि चिकित्सहरू बताउँछन् ।  संक्रमण मस्तिस्कसम्म फैलिएको छ भने उच्च ज्वरो आउने, अनुहार सुन्निने, नाक जाम हुने, फोक्सोमा संक्रमण भएमा खोकी लाग्ने, सास फेर्न कठिन हुने छाती दुख्नेजस्ता जटिल लक्षण देखिने डा. सिंहले जानकारी दिए । पेट दुख्ने, बान्ता, पनि यो संक्रमणको लक्षण भएको उनले बताए ।  फङ्गसको संक्रमणमा मुत्यु दर ५० देखि ६० प्रतिशतसम्म रहने डा. चन्दन बरनवालले जानकारी दिए । विगतमा अनियन्त्रित मधुमेह र एचआईभी संक्रमितमा विरलै देखिने यो संक्रमण अहिले वीरगञ्ज र काठमाडौंमा कोरोना संक्रमितमा भेटिएको उनले बताए ।  ब्ल्याक फङ्गस हाम्रै वातावरणमा रहेको माटो, बोटविरुवा, कुहिएका फलफूल र तरकारीमा पाइने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूको छ । यो संक्रमण मानिसबाट मानिसमा नसर्ने डा बरनवालले बताए ।  अन्तरक्रियामा युवा उद्यमी फोरमका अध्यक्ष अनुप अग्रवालले कोरोना महामारी र यसै बेला थपिएको फङ्गसको संक्रमणबाट जोगिन सबै पक्षको सतर्कता र सहकार्य आवश्यक भएको औंल्याए । उक्त अवसरमा नेपाल  उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले महामारी नियन्त्रण र सचेतना अभिवृद्धिमा स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंशा गरेका थिए ।

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मर्स-कोरोना भाइरस’ !

कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस’ लाई सबैभन्दा घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० सङ्क्रमितहरू मध्य झन्डै ३ देखि ४ जनासम्मको मृत्यु हुने गर्दछ । नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा सबै

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्

कर्णालीमा कोरोना : थप ५१ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।  ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३२ जना र १६५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।  यस्तै कालिकोटमा १०, सुर्खेतमा ९, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स

कर्णालीमा कोरोना बढ्यो : थप १०७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा  कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।  ७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको  कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा  गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा  निकै बढी हो । पछिल्लो समय  निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । सुर्खेत, दैलेखक

कोरोना सङ्क्रमितले के गर्ने ? के नगर्ने ?

कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो  र  कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ । कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । स्वरुप परिवर्तन गर्दा कतिपय भाइरस धेरै आक्रामक भएका हुन्छन् भने केही कम आक्रामक भएका हुन्छन् ।  अहिले परिवर्तन भएर आएको कोरोना भाइरस बढी आक्रामक भएर आएको पाइएको छ । हाम्रो देशमा नै यसबारे अध्ययन भएको छैन, तर विभिन्न देशहरुमा भएका अध्ययनले अहिलेको भाइरस बढी आक्रामक रहेको भन्ने कुराको प...

सांसदको कोरोना परीक्षण हुने

प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।गोरखापत्रमा खबर छ ।

कोरोना छ कि छैन ?

न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । प्रस्तुत छ, उनीहरूका धारणा– कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसक

कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...