बाढी पहिरोले आठ आयोजनामा क्षति

यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका कारण क्षति पुगेको पाइएको हो । विभागका अनुसार ती आयोजनाको क्षमता २०८ मेगावाट रहेको छ । विभागका अनुसार गत जेठ ३१ गते र असार १ गते लमजुङको दोर्दी खोलामा आएको बाढी तथा पहिरोका कारण १२ मेगावाट क्षमताको दोर्दी एक जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।यस्तै २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दो

सम्बन्धित सामग्री

पहिरोले क्षति गरेको कुकुर फाल्ना साना जलविद्युत दुई वर्षदेखि अवरुद्ध

२०७८ कार्तिकमा पहिरोले कुकुर फाल्ना साना जलविद्युत आयोजना क्षतविक्षत बनाएपछि हुम्लाको अदानचुली गाउँपालिकाका नागरिक अन्धारमा बस्न बाध्य छन्। १३० किलोवाटको साना जल विद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि दुई वर्षदेखि काम सुरु...

पहिरोले लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा सिंगो गाउँमा अन्धकार

सिमकोट – पाँच दिनसम्म लगातार भएको वर्षाका कारण राया खोला लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा सिंगो गाउँ अन्धकार भएको छ। खार्पुनाथ गाउँपालिका–३ को राया खोलामा निर्माण गरिएको लघुजलविद्युत् आयोजनाको पेनस्टिक पाइप र नहरलाई पहिरोले क्षति पुर् याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। राया गाउँका स्थानीय टेकबहादुर बुढाले गत शुक्रबार रातीदेखि राया गाउँ अन्धकार भएको बताए। पहिरोले […]

पहिरोले दुई वटा जलविद्युत् आयोजनामा क्षति, गाउँमा अन्धकार

सिमकोट – सर्केगार्ड गाउँपालिका– २ र ३ मा रहेको दुई वटा लघुजलविद्युत् आयोजनालाई क्षति पुगेर विद्युत् सेवा अवरुद्ध हुँदा दुई वटा वडाका बस्तीमा अन्धाकार छाएको छ। दुवै आयोजनाको पावर हाउसमा गत शुक्रबार आएको पहिरोले नहर तथा पावर हाउसमा क्षति पुर् याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। रिप गाउँका स्थानीय काली महताराले पहिरोले वडा नम्बर ३ […]

आज तीन वटा जलविद्युत आयोजनामा विद्युत उत्पादन बन्द हुने

आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछ । गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन

माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र,

मेलम्चीको पानी तत्काल काठमाडौं ल्याउन असम्भव

गत असार १ गते र गत शनिबारको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेपछि काठमाडौं उपत्यकामा तत्काल पानी आउने सम्भावना निकै कम भएको छ । बाढी-पहिरोले निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङमा क्षति पुगेको छ । यी सबै संरचनाको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । असार १ र साउन …

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको […]

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।

बाढीले पुर्‍यायो जलविद्युत आयोजनामा क्षति

काठमाडौं। पछिल्लो केही दिनदेखि आइरहेको बाढीको तथा पहिरोले कास्कीको म्यादी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा करिब एक अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार आयोजनाको हेडबक्स, पावरहाउस, कामदार बस्ने ठाँउमा क्षति भएको हो।