माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र,

सम्बन्धित सामग्री

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाका प्रभावितद्वारा मागसहित ध्यानाकर्षण

लमजुङ । लमजुङमा सञ्चालित माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना प्रभावित क्षेत्रका प्रभावित स्थानीयहरूले वातावरणीय प्रभावसँग सम्वन्धित सरोकारका विषयमा आयोजनालाई ध्यानाकर्षण गराएका छन् । मर्स्याङ्दी गाउँपालिका– ३, ६, ७ र ८ का स्थानीयहरूले संयुक्त रुपमा आयोजनाले गर्नुपर्ने दायित्वका विषयमा विभिन्न माग सहित आयोजनाको ध्यानाकर्षण गराएका हुन् । आफ्ना मागको सम्बोधन नभएमा चरणबद्ध आन्दोलन थाल्ने चेतावनी समेत […] The post माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाका प्रभावितद्वारा मागसहित ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना : क्षतिग्रस्त संरचना नबन्दा हुन सकेन सञ्चालन

लमजुङ । बाढी पहिराले क्षति पुर्‍याएको साढे २ महीना हुँदासमेत लमजुङको क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) सञ्चालनमा आउन सकेको छैन । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेका आयोजनाको संरचना अझै निर्माण नहुँदा विद्युत् उत्पादन हुन नसकेको हो । आयोजनाका अनुसार दुईओटै टर्वाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करीब ३ महीना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यतिबेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले बताएको छ ।       यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करीब १ करोड रुपैयाँको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ । आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म ७५ करोड रुपैयाँभन्दा बढी नोक्सान भइसकेको छ । बिजुली उत्पादन गर्न अझै ३ महीना लागेमा करीब १ अर्ब रुपैयाँ नोक्सान हुने बताइएको छ । क्षतिग्रस्त विद्युत्गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले बताएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो । रासस

माथिल्लो मर्स्याङ्दी ‘ए’ दुई महिनादेखि बन्द, ६० करोडभन्दा बढी घाटा

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द हुँदा ६० करोडभन्दा बढी नोक्सान भएको छ । १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै विद्युत् उत्पादन...

अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाबाट विद्युत्

बाढी पहिराले क्षति पुर्‍याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन।

माथिल्लो मर्स्याङ्दी ‘ए’ को उत्पादन दुई महिनादेखि बन्द

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको दुई महिनादेखि विद्युत उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट...

लमजुङका जलविद्युत आयोजनाबाट पुर्ण क्षमतामा विद्युत उत्पादन

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि मध्यमर्स्याङ्दी जलविद्युत केन्द र माथिल्लो मर्स्याङ्दी ए ले पुर्ण क्षमतामा विद्युत उत्पादन भएको छ । मर्स्याङ्दीमा पानीको सतह बढेपछि ७० मेगावाट क्षमताको सो केन्द्रबाट पुरा...

चिनियाँ लगानीको माथिल्लो मर्स्याङ्दी-२ निर्माण सुरु नहुँदै विवादमा

२६ असार, काठमाडौं । चिनियाँ लगानीमा बन्न लागेको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । 'पिकिङ रन अफ दि रिभर' प्रणलीमा बन्न लागेको यो आयोजनाले असर पर्ने भन्दै माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेको छ । माथिल्लो मर्स्याङ्दी-'ए' को प्रवर्द्धक सिनोहाइड्रो-सगरमाथा पावर …