बाढीले पुर्‍यायो जलविद्युत आयोजनामा क्षति

काठमाडौं। पछिल्लो केही दिनदेखि आइरहेको बाढीको तथा पहिरोले कास्कीको म्यादी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा करिब एक अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार आयोजनाको हेडबक्स, पावरहाउस, कामदार बस्ने ठाँउमा क्षति भएको हो।

सम्बन्धित सामग्री

विपतबाट आयोजना जोगाउनै मुस्किल

मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्ब रुपैयाँको क्षति पुगेको छ । पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका ३० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवद्र्धक कम्पनीहरुले बताएका छन् । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको स्वतन्त्र […]

पूर्वी नेपालको बाढीले ४६३ मेगावाटका ३० आयोजनामा साढे ८ अर्ब क्षति

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत आयोजनामा साढे ८  अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यहि असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादनमा रहेका १३२ मेगावाटका १३ आयोजनामा करिब ६ अर्बको क्षति पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ ओटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए । भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए ।  उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएर आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । त्यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । निर्माणाधिन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति  बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको भएको छ । उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शब भेटिएको छ ।  ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए । त्यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए । प्रभावित आयोजनाका वारेमा प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतीकरणको लागि समय माग गरेका छन् ।

बाढीले १३ वटा जलविद्युत आयोजनाको अर्बौं क्षति, १८ जना बेपत्ता

काठमाडौं । असार १ र २ गते आएको बाढीले कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधीन तथा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाहरुमा क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको जनाएको छ । ‘बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा […]

माथिल्लो दोर्दी ‘ए’ संरचना परीक्षण सुरु

लमजुङ-लमजुङमा निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना परीक्षण सुरु भएको छ । २५ मेगावाट क्षमताको सो आयोजनामा शुक्रबारदेखि टनेल पाइपमा पानी हालेर संरचना परीक्षण सुरु भएको हो ।गत असारमा आएको बाढीले क्षति पु-याएको सो आयोजनामा मर्मतसँगै संरचना परीक्षण पनि सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा बाढीले क्षति पु-याएको […]

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु

निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको […]

माथिल्लो मर्स्याङ्दी ‘ए’ सञ्चालनमा आउन तीन महिना लाग्ने

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आउन अझै तीन महिना लाग्ने भएको छ । यही वर्षको असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढी÷पहिरोले ५० मेगावाट क्षमताको आयोजनामा क्षति पुगेको थियो ।गण्डकी प्रदेशअन्तर्गत रहेको आयोजनामा बाढी÷पहिरोका कारण क्षति पुगेपछि अहिले विद्युत उत्पादन भएको छैन । नदीमा आएको बाढीले आयोजनाको दुईवटै टर्बाइन लगायतका संरचनामा क्षती पुगेको छ ।बाढीले क्षति पुर्याएका अन्य संरचना पुनःनिर्माण भइरहे पनि टर्बाइन नयाँ ल्याउनुपर्ने आयोजनाले बताएको छ । र,

दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति

अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन चारवटै जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले निर्माणाधिन जलविद्युत् आयोजनाहरुमा करिब एक अर्बको क्षति पुगेको प्रारम्भीक अनुमान गरीएको छ । बाढीका कारण दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधिन बाँध क्षेत्र सँगै पावर […]

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

बाढीका कारण जलविद्युत आयोजनामा क्षति

लमजुङ – वर्षाका कारण आएको बाढीले निर्माणाधीन रुदीखोला ‘ए’ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । लमजुङ र कास्कीको सीमानामा पर्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाट क्षमताको जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको हो । आयोजनाका डिपुटी प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार वर्षासंगै आएको बाढीका कार...