आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछ । गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन