धनगढी : कञ्चनपुरमा एक वडाध्यक्षले पद र आफू निर्वाचित भएको पार्टीबाट राजीनामा दिएका छन्। शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडानम्बर–८ का वडाध्यक्ष समेत रहेका माओवादी नेता बहादुरसिंह महरा राजीनामा गरेका हुन्। उनले आफु पदमा बसेर काम गरिरहन सक्ने अवस्था नरहेको भन्दै पदबाट राजीनामा गरेको बताएका छन्। आज उनले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनको क्रममा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र थमाएका थिए।उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘शुक्लाफाँटा नगरपालिका कार्याल