बजेटमा पक्षपात भएपछि मतदाताको अनुमति लिई वडाध्यक्षले दिए राजीनामा

घोराही : घोराही उपमहानगरपालिका-८ नं का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले मंगलबार मेयर नरुलाल चौधरीलाई राजीनामा बुझाएका हुन्। उनले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामापत्र नगरप्रमुख चौधरीलाई बुझाई नगरसभाबाट बाहिरिएका थिए। निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धताअनुसार जनताको काम गर्न नसकेको भन्दै उनले राजीनामापत्रमा उल्लेख गरेका छन्।मेयर चौधरीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा ‘वडावासीसामु गरेको प्रतिबद्धता