वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी

सल्यान : वडाध्यक्षको राजीनामा माग गर्दै सुर्खेतको सिम्ता गाउँपालिका ३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।वडाध्यक्ष लोक बहादुर शाहीले सामाजिक आचरण र अनैतिक कार्य गरेको भन्दै आग्रिगाउँका स्थानीयले वडाध्यक्षको राजीनामा माग गर्दै वडा कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन्।तालाबन्दी पछि स्थानीयले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष जस्तो पदीय जिम्मेवारीलाई बिर्सिएर नैतिकहीन र कानुनी राज्यको बर्खिलाप हुने गरी कार्य गरेका वडाध्यक्षको राजीनामा माग गरिएको उल्लेख गरिएको छ।जनताको प्रतिनिधिल