वडाध्यक्ष पुन: उम्मेदवार बने वडासचिव ‘कार्यवाहक’

काठमाडौं : बहालवाला वडाध्यक्ष स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बने वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन्।काठमाडौं महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो। यही व्यवस्था बमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडाका सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ। वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडासचिवलाई कार्यवाहक अध्यक्