प्रधानमन्त्री इमरान खानले पाकिस्तानले तालिबानलाई सघाएको आरोप पूर्णतया अर्थहीन रहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि अफगानिस्तानका अधिकारीहरुले पाकिस्तानबाट तालिबानलाई सघाउन सर्यौंको संख्यामा आतङ्कवादी प्रबेश गरेको दाबी गरेका थिए ।
प्रधानमन्त्री इमरान खानले पीबीएस न्यूजमा ज्युडी ऊडरफसँगको अन्र्तवार्ताको क्रममा अफगानिस्तानको आरोप पूर्णतया अर्थहीन रहेको बताउनुभएको छ । अमेरिकाको अफगानिस्तान युद्धको क्रममा पाकिस्तानले अथाह भोग्नुपरेको प्रधानमन्त्री खानले बताउनुभयो ।