खलङ्गा । प्युठान स्वर्गद्वारी–८ घुस्टुङमा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ ।
राजमोका नगर सदस्य घनबहादुर जिएम र डा इन्चार्ज शिव पन्थीको विशेष उस्पस्थितिमा २०७७ माघ १२ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
शेरबहादुर पुनको अध्यक्षता तथा मिनराज पुनको सञ्चालनमा अगाडि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई रामबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको ।
भेलाले भूपबहादुर घर्तीको अध्यक्षतामा सात सदस्यीय राजमोको गाउँ समिति गठन गरेको छ । समितिमा सचिव अम्मर पुन र कोषाध्यक्षमा रामबहादुर पुन रहनुभएको छ । त्यस्तै, सदस्य जुठी पुन, खिमराज पुन, इमानबहादुर सुनार र यङ्गबहादुर जिसी रहनुभएको छ।
नवनिर्वाचित समितिलाई शिव पन्थीले बधाई दिनुभएको थियो ।