दाङको सौरिकुलामा राष्ट्रिय जनमोर्चाको समिति गठन

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ–देउखुरीको वडावडामा सभा, टोलटोलमा समिति अभियानअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १० को सौरिकुलामा टोल समिति गठन गरेको छ । राजमोका जिल्लाध्यक्ष गणेश आचार्य र नगर कोषाध्यक्ष चन्द्रबहादुर रावतको उपस्थितमा सम्पन्न भेलाद्वारा उक्त समिति गठन गरिएको हो । समितिको अध्यक्षमा ऋषिराम विक, उपाध्यक्षमा तारासिंह आग्री, सचिवमा सिबा विक, कोषाध्यक्ष मिनु विक र सदस्यहरूमा पूर्णबहादुर विक, यमबहादुर विक, गौरव विक, पदमबहादुर विक र छलिमाया विकलगायत रहनु भएको छ । उक्त समितिको बैठकले आफ्नो टोलमा व्यापक सङ्गठन विस्तार गर्ने र माघ २६ गते दिउँसो ३ बजे सौरिकुला चोकमा गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताका विरुद्ध विरोधसभा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न-गराउन समिति गठन गरेको हो । यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, […]

राष्ट्रिय विज्ञापन संघको तदर्थ समिति गठन

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)को तदर्थ समिति गठन भएको छ । असोज २८ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संघमा धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो ।  तदर्थ समितिमा...

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ । शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गरेको हो ।राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार सदस्य–सचिवको संयोजकत्वमा प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल

राष्ट्रिय खाद्य बैङ्क कर्णाली प्रदेश समिति गठन

कर्णाली । राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतमा आज सम्पन्न भेलाले कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र […]

रुपन्देही बुटवल-७ मा राष्ट्रिय जनमोर्चाको समिति गठन

बुटवल । राष्ट्रिय जनमोर्चाले बुटवल उपमहानगरपालिका–१७ मा टोल समिति गठन गरेको छ । २०७७ माघ १७ गतेका दिन सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो । भेलाले ईश्वरीप्रसाद सापकोटाको अध्यक्षतामा वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ओमबहादुर सुनार, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा अम्बिका पुन र सदस्यहरूमा नारायण पुन, दिलप्रसाद नेपाली र दामोदर ज्ञवाली रहनुभएको छ । भेलाको अध्यक्षता नारायण पुनले गर्नुभएको थियो ।

नवलपरासीको सुनवलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

परासी । नवलपरासी सुनवल नगरपालिका वडा नं. ३ कीर्तिपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । २०७७ माघ १२ गते भएको एक भेलाले राष्ट्रिय जनमोर्चाको कीर्तिपुर टोल समिति गठन गरेको हो । राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला नेता तिलक प्रसाद सुवेदीको प्रशिक्षण, राजमो जिल्ला सदस्य शेरबहादुर सूर्यवंसी र अखिल नेपाल युवक सङ्घका जिल्लाध्यक्ष कुलराज गौतमको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भेलाले गठन गरेको टोल समितिको अध्यक्षतमा यमप्रसाद भुसाल, सचिवमा बादलकुमारी गौतम, कोषाध्यक्षमा ईन्द्रप्रसाद भुसाल र सदस्यहरूमा पूर्णकला भुसाल र बुद्धीकुमारी गौतम रहनुभएको छ। भेलाले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी संसद विघटनको घोर भत्र्सना गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।

रुपन्देही सिद्धार्थनगरमा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । राजमोको एकमहिने सङ्गठनात्मक अभियानअन्तर्गत शनिवार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । समितिको अध्यक्षमा द्रोण खनाल रहनुभएको भने कोषाध्यक्षमा शङ्कर पौडेल र सदस्यहरूमा गीता पौडेल, पार्वती पौडेल र तारा ढुङ्गाना रहनुभएको छ । भेलाले हरि आचार्य र कृष्ण आचार्यलाई सल्लाहकारमा चयन गरेको छ । उक्त भेलाले वडास्तरीय जनभेटघाट, पर्चा वितरण गर्दै आगामी माघ १७ गते आयोजित प्रशिक्षण भेलाको तयारी गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।

प्युठानमा घुस्टुङमा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन

खलङ्गा । प्युठान स्वर्गद्वारी–८ घुस्टुङमा राष्ट्रिय जनमोर्चाको गाउँ समिति गठन भएको छ । राजमोका नगर सदस्य घनबहादुर जिएम र डा इन्चार्ज शिव पन्थीको विशेष उस्पस्थितिमा २०७७ माघ १२ गतेका दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । शेरबहादुर पुनको अध्यक्षता तथा मिनराज पुनको सञ्चालनमा अगाडि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई रामबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको । भेलाले भूपबहादुर घर्तीको अध्यक्षतामा सात सदस्यीय राजमोको गाउँ समिति गठन गरेको छ । समितिमा सचिव अम्मर पुन र कोषाध्यक्षमा रामबहादुर पुन रहनुभएको छ । त्यस्तै, सदस्य जुठी पुन, खिमराज पुन, इमानबहादुर सुनार र यङ्गबहादुर जिसी रहनुभएको छ। नवनिर्वाचित समितिलाई शिव पन्थीले बधाई दिनुभएको थियो ।

दाङमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन

दाङ । दाङ राजपुर गाउँपालिका–७ हाडबासमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङका उपाध्यक्ष महेश रिजालको विशेष उपस्थितिमा २०७७ पुस २९ गते आयोजित भेलामाझ सो समिति गठन गरिएको हो । भेलाले टेकबहादुर डाँगीको अध्यक्षतामा पाँच सल्लाहकारसहितको १६ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा खिमा डाँगी, सचिवमा दामोदर भण्डारी, कोषाध्यक्षमा भागिनाथ कुँवर र सहसचिवमा अर्जुन योगी रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा कमल केसी, ईन्द्रबहादुर वली, रूपनाथ योगी, धनसरी सार्की, विशाल बुढा र शालिग्राम वली रहनुभएको छ । समितिको सल्लाहकारमा चन्द्रवीर कुमाल, पुन डाँगी, लक्ष्मी भण्डारी, दुर्गीनाथ कँवर र सीता भण्डारी रहनुभएको छ । दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदासको पनि उपस्थिति रहेको थियो ।