बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ ।
राजमोको एकमहिने सङ्गठनात्मक अभियानअन्तर्गत शनिवार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा द्रोण खनाल रहनुभएको भने कोषाध्यक्षमा शङ्कर पौडेल र सदस्यहरूमा गीता पौडेल, पार्वती पौडेल र तारा ढुङ्गाना रहनुभएको छ ।
भेलाले हरि आचार्य र कृष्ण आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
उक्त भेलाले वडास्तरीय जनभेटघाट, पर्चा वितरण गर्दै आगामी माघ १७ गते आयोजित प्रशिक्षण भेलाको तयारी गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।