दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गर्नुभएको संसद विघटन बिरुद्ध परेको रिटको फैसला गर्दै सर्वोच्च अदालतले पुनःस्थापनासहित १ सय ४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दावी पेश गर्नुभएका शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज …

सम्बन्धित सामग्री

प्रधानमन्त्री शेर बहादुर देउवाले मागे संसदमा विश्वासको मत

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले केही समयको राजनीतिक अन्यौलता पछि आफू संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको बताए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पाँच दिनमै देउवाले विश्वासको मत लिन थालेका हुन्। सर्वोच्चले प्रतिनिधिसभा पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश गरेपछि उनी असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग

देउवाले प्रधानमन्त्री बनेपछि विश्वासको मत पाउलान् ?

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको आदेशले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । सम्भवतः देउवालाई भण्डारीले भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट […]

अदालतले राष्ट्रपतिलाई आदेश दिन मिल्दैनः पूर्वमहान्यायाधीवक्ता खरेल

काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा अदालतले परमादेश जारी गर्न नमिल्ने बताएका छन्। बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले अदालत कुनै खेलको रेफ्री मात्र रहेको भन्दै अदालतले प्रधानमन्त्री नियुक्त गर भन्न नमिल्ने जिकिर गरे। राष्ट्रपति संविधानको संरक्षक रहेकाले अदालतले यसरी परमादेश जारी गर्ने आफूले अनुमान नगरेको उनको भनाई थियो।

देउवाले भने, ‘अदालतले राष्ट्रपतिलाई आदेश दिने हो मलाई प्रधानमन्त्री बनाउ भनेर’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले हदभन्दा बढी गरेका आरोप लगाएका छन्। संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा देउवाले सबैभन्दा दुःख राष्ट्रपतिलाई लाग्ने बताए। राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने थियो भन्दै देउवाले ओलीको कार्यकर्ता जस्तो भएर नियुक्त नगरिएको आरोप समेत लगाए। भारतको उदाहरण दिँदै उनले भने, ‘संसद्…

संसद विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गरिएको थियो। अन्तरिम आदेश नदिएसँगै अब सबै रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा हुनेछ। प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको एकल इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदर गर्न माग गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरेका थिए । अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक […]