‘प्रतिनिधि सभा पुनःस्थापना सम्म हुन सक्थो होला, व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर भन्नु संसदीय व्यवस्थाको मर्म विपरीत’

नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको आदेश संसदीय व्यवस्था विपरीत भएको प्रतिक्रिया दिएका छन् ।  सर्वोच्चको आदेशप्रति मागिएको प्रतिक्रियामा एमाले कार्यालयका सचिव समेत रहेका तामाङले अदालतबाट राजनीतिक प्रकृतिको फैसला आउन लागेको बताएका हुन् ।  ‘संसद् पुनःस्थापना सम्म हुन सक्थो होला, तर व्यक्तिलाई प्रधानमन्त्री तोक्नु संसदीय व्यवस्थाविपरीतको कुरा हो, दुनियाँको जुनसुकै मुलुकमा गए पनि लोकतन्त्रिक व्यवस्थामा प्रधानमन्...

सम्बन्धित सामग्री

गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल […]

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुन:स्थापना

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुन:स्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गरेको हो ।  मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा पुनःस्थापना भई देउवा प्रधानमन्त्री बन्ने दाहालको दावी

जनकपुर, असार २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना हुने दावी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई सकिएको भोलिपल्ट दाहालले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश नै दिने विश्वास व्यक्त गर्नुभएको हो । मंगलबार माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन धनुषा पुग्नुभएका दाहालले […]

देउवा प्रधानमन्त्री बने ओलीलाई ठूलो धक्का पर्न सक्ने

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा पुनःस्थापना भन्दा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन् कि भन्नेमा सशंकित देखिएका छन् । प्रतिनिधि सभा पुनःस्थापना हुने या नहुने विषय एकातर्फ छ भने अर्कोतर्फ देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिने हो कि होइन भन्ने चासो छ । प्रतिनिधि सभा पुनःस्थापना हुने […]

विघटित प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौं । विघटित प्रनिनिधि सभा पुनःस्थापना भएको छ । आज २०७७ फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन मुद्दामा यस्तो फैसला सुनाएको हो । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराद्वारा वाचन गरिएको फैसलामा आगामी १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधान न्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ रहेका छन् । पाँचै न्यायाधीशले सर्वसम्मत ऐतिहासिक फैसला सुनाएका हुन् । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गर्दै आगामी २०७७ वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गरेका थिए । उक्त निर्णय विरूद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएका थिए । ती रिटमाथि संवैधानिक इजलासमा पुस ८ गतेदेखि सुनुवाइ सुरु भएको थियो।

आयोगले अब जनतालाई भन्नुपर्‍यो– ६ महिनामै चुनाव गराउँछौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका छन् ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपनि निर्वाचन आयोगले भने चुनावको तयारी रोक्न नमिल्ने उनले बताए ।  नेपाली कांग्रेसले रुपन्देहीमा सोमवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा पुनःस्थापना नभए जेठ अन्तिमसम्ममा चुनाव गरिसक्नुपर्ने बताएका हुन् ।  ‘संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गर्नुपर्छ, जेठको अन्तिमसम्ममा गर्नुपर्छ । निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्...

संसद् पुनःस्थापना हुन्छ, हुन्छ– झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको दाबी गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने खनालको विश्वास छ । ‘आजको सर्वोच्च अदालत हिजोका राजा महाराजाले बनाएको होइन, हामीले बनाएको संविधानले बनाएको हो । सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या गर्न मिल्दै मिल्दैन । संसद्को पुनःस्थापना हुन्छ, हुन्छ,’ खनालले भने, ‘संविधान बचाउने अर्को विकल्प छैन । सर्वोच्चले के गर्ला भनेर भ्रम छर्नु पर्ने अवस्था छैन । सर्वोच्...