शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग