१० फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटालाई ३-१ ले हरायो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे । संकटाका लागि उत्तम राईले […]