पोखरा : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका पदाधिकारीलाई कोभिड सुरक्षा र सतर्कतासम्बन्धी ब्रिफिङ गरेका छन्।
ब्रिफिङमा गुरुङले स्वास्थ्यको संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्ने बताएका छन्।
प्रदेशले प्राथमिकतामा राखेको उक्त तीन विषयलाई पूर्णता दिन संघीय सरकारसँग संयोजन गर्ने गुरुङको भनाइ छ।…