फिनल्याण्डमा मन्त्री भुसालको सन्देश- नेपालमै सुखी जीवन बिताउन सकिन्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन …

सम्बन्धित सामग्री

‘भष्मे डन’को गीत ‘मेरो शिव’ सार्वजनिक

काठमाडौं । फिल्म ‘भष्मे डन’को मर्मस्पर्शी नयाँ गीत ‘मेरो शिव’ सार्वजनिक भएको छ । शनिबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको त्यसअघि यो गीत ल्याएको हो । गीतमा कृष्ण उदासीको शब्द रचना, किरण भुसालको संगीत तथा शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर समावेश छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्मले भष्मे डन पात्रको जीवन […]

सिक्किमेली स्रष्टा शर्मा काठमाडौंमा सम्मानित

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन्। उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले विभूषित गरेको हो। मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख...

कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डाक्टर कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका डाक्टर भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो।यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डाक्टर भुसालले दिएको उम्मेदवारीे खारेज गरिदिएको

बीमा पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र

नेपालगञ्ज – बीमा पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा ज्ञापनपत्र बुझाएको छ। जीआर भुसालको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमार्फत बीमा समिति केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय, सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई ज्ञापन पठाएको हो। ज्ञापनपत्रमा नियमबमोजिम पाउनुपर्ने भुक्तानी यथाशीघ्र हुनुपर्ने, बीमा कम्पनीले ढिला गरेका भुक्तानीहरुको नियमबमोजिम ब्याज पाउनुपर्ने, ललाइफकाइ विभिन्न प्रलोभन […]

करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिन्छ : मन्त्री भुषाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिएको बताएकी छिन् । विद्युत स्वच्छ ऊर्जा भएकोले यसलाई जीवन व्याबहारमा सहज बनाउँदै  लैजानु पर्ने उनको भनाई थियो ।  नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताईन्। उनले भनिन्, “विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ ।”प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले भनिन्, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ ।  यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।”नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याईन्।नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवस्यकता रहेको बताईन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६)मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन्।सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताईन् । उनले भनिन्, “वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।” हाल ऊर्जा प्रणालीमा करिब २१ सय मेगावाट विद्युत जडित क्षमता छ ।दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । उनका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत खरिद बिक्री सम्झौता(पिपिए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरूको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताईन्।छ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताईन्। सौर्य विद्युत उत्पादकहरूले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ। मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो।

साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

काठमाडौं । सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका

साउदीमा जीवन पर्खंदै युवा

नवलपरासी, मध्यविन्दु–४ की ६२ वर्षीया यमकुमारी भुसालको आँखामा आँशु नरोकिएको महिनौं भयो । रोकियोस् पनि कसरी विदेशी भूमिमा कमाउन गएको छोरा उतैको जेल परेपछि यतिखेर यी वृद्धालाई के गरौं र कसो गरौं भइरहेको छ ।