साउदी जेलमा रहेका थानेश्वर भुसालको ‘ब्लड मनी’ जुट्यो

सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ। मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनले आएर ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो।