साउदीमा जीवन पर्खंदै युवा

नवलपरासी, मध्यविन्दु–४ की ६२ वर्षीया यमकुमारी भुसालको आँखामा आँशु नरोकिएको महिनौं भयो । रोकियोस् पनि कसरी विदेशी भूमिमा कमाउन गएको छोरा उतैको जेल परेपछि यतिखेर यी वृद्धालाई के गरौं र कसो गरौं भइरहेको छ ।