माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा, ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन हुँदै

गोंगबु–सामाखुसीहुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यही वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गोंगबु भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो। बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर गइन्। ‘माइक्रोबस कम भएपछि खुट्टा हाल्ने…

सम्बन्धित सामग्री

द्रुत बस सेवाको निरन्तरता

सूर्यविनायकदेखि रत्नपार्कसम्मको यात्राको अवधि घटाउने उद्देश्यका साथ सञ्चालन गरिएको दु्रत बस सेवाको निरन्तरतामा प्रश्न उठेको छ । थोरै बस सञ्चालन भएकाले यात्रुहरूले लामो सयमसम्म बस कुर्नुपरेको गुनासो गरेका छन् भने ट्राफिक जामका कारण निर्धारित समयमा बस गन्तव्यसम्म पुग्न सकेका छैनन् । द्रुत बस सेवा सञ्चालन गरेकामा निकै आशावादी देखिएका यात्रुहरू अहिले खासै उत्साहित देखिएका छैनन् भने बस सञ्चालकहरू पनि यसको दिगोपनमा आशंका गर्न थालेका छन् । यसमा प्रशस्त कमीकमजोरी छन् भन्नेमा कुनै विवाद छैन तर यसलाई बन्द गर्नुभन्दा प्रभावकारी बनाउनेतिर लाग्नु आवश्यक छ ।  झन्डै ४० लाख मानिसको बसोवास भएको भनिएको काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको अवस्था निकै दयनीय रहेको छ । यात्रुहरूले भाडा तिरेर पनि उपयुक्त सेवा पाउन सकेका छैनन् । लामो समय यात्रामै खर्च गर्नुपर्ने र भनेको बेलामा सवारीसाधन नै नपाउने भएकाले सर्वसाधारणले ऋणधन गरेर दुईपांग्रे र चारपांग्रे सवारीसाधन लिनुपर्ने बाध्यता छ । यसले सडकमा झनै ट्राफिक जाम बढाएको छ । यही जामका कारण यातायात सेवाको स्तर झनै नराम्रो भएको छ । त्यसैले यसमा सुधार गर्न विलम्ब गर्नु हुँदैन । मेट्रो, ट्राम वा पोडवेजस्ता विकल्पको चर्चा भए पनि त्यो तत्काल सम्भव देखिँदैन । त्यस्तै फराकिला सडक भएका रूटमा १ सयभन्दा बढी यात्रु ओसार्ने ठूला बस पनि विकल्प हुन सक्छन् । सरकारले तत्कालका लागि शुरू गरेको द्रुत बस सेवा पनि एउटा भर पर्दो विकल्प हो । तर, यसका लागि आवश्यक पूर्वाधार नबनाई हतारमा शुरू गरिएकाले समस्या धेरै देखिएको हो । त्यसैले यसलाई निरन्तरता दिन केके कुरामा सुधार गर्न आवश्यक छ त्यसमा गृहकार्य थालिनुपर्छ र समाधानमा लागि हाल्नुपर्छ । यसको सञ्चालन भएको शुरूदेखि नै सडकमा रातो रंग लगाउनुमात्र पर्याप्त नभएको भनी आवाज उठेकै हो । रातो रंग लगाएको सडक खण्डमा अरूले पनि सवारी चलाउने र रोक्नेसमेत गर्दा यसको सेवा प्रभावित बनेको हो । त्यसैले यो समाधान गरिनुपर्छ । त्यस्तै साझाको विद्युतीय बसहरूलाई यस रूटमा चलाउनु पनि एउटा विकल्प हुन सक्छ । उससँग रहेका विद्युतीय बस यस रुटमा चलाउनु उपयुक्त हुन सक्छ । तैपनि सडकमा देखिएको समस्या भने समाधान हुन जरुरी देखिन्छ ।

असाेज १ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

भक्तपुर - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदाे असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।  काठमाण्डाै उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'आउँदाे दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।' ...

मलम्पारमा पुग्यो बस

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा पहिलो पटक बस पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध १ ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फुलमाला लगाएर […]

मलम्पारमा पहिलो पटक बस पुग्यो

काठमाडौँ – भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा आज पहिलो पटक बस पुगेको छ । धवलागिरि–६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध१ख ११७ नंको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारवासीले फूलमाला लगाएर स्वागत गरेका छन् । […]

जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ । बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ । त्यसको कारण हो जथाभावी रुपमा स्कूल बस चल्नु । बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्

प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा पुग्यो बस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो । केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । “सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ”,

१२ किलो टिमुरे सडकमा यात्रु बस सञ्चालन हुदाँ स्थानीय खुसी

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको बजेटमा निर्माण भएको सिन्धुपाल्चोकको १२ किलो–टिमुरे–रतनकोट सडक खण्डमा दशै सुरु हुना साथ नियमित रुपमा यात्रुवहाक बस सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । तत्कालिन सडक डिभिजन कार्यालय दोलखा मार्फत सडक निर्माणको प्रक्रिया सुरु भए पनि मुलुक संघियतामा गइसके पछि भने उक्त सडक निर्माण सम्पन्न गर्ने जिम्मेवारी बागमती प्रदेश सरकारको भौतिक […]

शुक्रबारदेखि सबै यातायात चलाउँछौंं : यातायात व्यवसायी

साँखु–सातदोबाटो रुटमा चल्ने सार्वजनिक बसका  सहचालक सूर्य नेपाली ठ्याक्कै दुई महिना बेरोजगार भए । दुई महिना घरमा बसेका उनी अहिले फेरि काममा फर्किएका छन् ।बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए ।पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यक

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ ।