जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ । बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ । त्यसको कारण हो जथाभावी रुपमा स्कूल बस चल्नु । बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन्