साँखु–सातदोबाटो रुटमा चल्ने सार्वजनिक बसका सहचालक सूर्य नेपाली ठ्याक्कै दुई महिना बेरोजगार भए । दुई महिना घरमा बसेका उनी अहिले फेरि काममा फर्किएका छन् ।बैशाख १६ देखि सुरु भएको निषेधाज्ञा असार १५ बाट केही खुकुलो पार्दै सरकारले उपत्यकामा जोर–बिजोर का आधारमा बस सञ्चालन गर्न दिएपछि नेपाली काममा फर्किएका हुन् । तर, बस चल्न थाले पनि कमाइ भने ठप्प रहेको उनले सुनाए ।पर्याप्त यात्रु नभएका कारण गाडीमा हाल्ने तेल खर्चसमेत निकाल्न कठिन भएको नेपालीले रातोपाटीलाई बताए । उनीजस्तै अहिले उपत्यक