म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो । केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले जानकारी दिए । “सडक सञ्जालमा जोडिएको तीन वर्षपछि घोडेपानीमा पहिलोपटक यात्रु बोकेर बस आएको छ”,